गाेरखा- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताएका छन् ।
सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् ।
‘एमसीसीको बिषय अहिले पेचिलो रुपमा उठेको छ’, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका बिषयमा प्रमुख दलहरु बिच समझदारी बनाएर नै अगाडी बढ्नुपर्छ ।’ उनले दलगत राजनीति र दल भित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नहरुलाई गिजोल्याउने काम गर्न नहुने बताए ।
संविधानको बारम्बार उल्लंघन गर्ने नेकपा एमाले नेतृत्वले अहिले विधि, विधानको बखेडा झिकेर संसद अबरुद्ध गर्नु ‘जो चोर उसकै ठूलो स्वर’ भन्दै अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उनले बताए । पछिल्लो समय प्राविधिक कारणले सरकारले पूणर्ता पाउन नसकेको बताउँदै उनले सरकारको विश्वसनियतामाथि प्रश्न उठेकाले छिटो भन्दा छिटो सरकार गठन हुने दावी गरे ।
‘केही दलहरु खास गरि हाम्रा पुराना कम्युनिष्ट साथीहरुको जुन एउटा धङधङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक संघर्ष पनि प्रतिबन्धित हुनपुग्यो’, उनले भने ‘तेस्रो कुरा, यसमा भुराजनीतिक द्धन्दको बाछिटा पनि त्यहाँ प¥यो ।’
उनले भारतसंग सहयोग लिदा चीन र अमेरिकाले भित्रभित्रै उक्साईदिने, चीनसंग सहयोग लिन खोज्दा अमेरिका र भारतले उक्साईदिने र अमेरिकासंग संहयोग लिन खोज्दा चीन र भारतले उक्साईदिने कारणले गर्दा पनि एमसीसी सम्झौता गिजोलिएर जनस्तरसम्म भ्रम र किस्ताबन्दी हुन पुगेको उनकाे दावी थियाे ।
प्रतिक्रिया