+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकासंग चिठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं – बाबुराम भट्टराई

पालिका लाइभ
२०७८ भाद्र २१, सोमबार

काठमाडौं- प्राय जस्तो मध्यरातमा टुटट गर्न बाँनी परेका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यरातमा एमसीसी पास गराउन आह्वान गर्दै ट्वीट गरेका छन् ।

उनको ट्वीटको व्यापक आलोचना भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनीमाथि आक्रोश पोखिरहेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपालमा व्यापक विवाद भएका बेला उनको यस्तो विचार आएको हो ।

डा. भट्टराईले देश विकासका सूत्रहरुझैं लाग्ने गरी केही बुँदाहरु बुँदा गतरुपमा उल्लेख गर्दै एमसीसी कार्यान्वयन गर्न आह्वान गरेका हुन् । उनले अमेरिकासँग चिठी आदानप्रदान गर्दै एमसीसी कार्यान्वयन गर्न सुझावसमेत दिएका छन् ।

उनले लेखेका छन्,‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ।’

यसैबीच, उनको ट्वीटपछि एमसीसीकै कारण सत्तारुढ गठबन्धन भत्किने खतरा बढेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी पास गर्न नहुने अडानमा छन् भने बाबुराम, प्रधानमन्त्री देउवा लगायत नेताहरु पास गर्नैपर्ने अभियानमा लागेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ