+
Search

ताजा अपडेट +

पपुलर +

जनमोर्चा सेचतक पियारी थापा भन्छिन् : मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्छौं

पालिका लाइभ
२०७८ जेष्ठ २७, बिहीबार

काठमाडौं- राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशकी सचेतक पियारी थापाले आफ्नो दलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विपक्षमा मतदान गर्ने बताएकी छिन्।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको प्रदेश सभा बैठकमा बोल्दै सचेतक थापाले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएकी हुन्।

गण्डकी प्रदेश सभामा जनमोर्चाका तीन सांसद रहेका छन्। जसमा पियारी थापा, खिमबिक्रम शाही र कृष्ण थापा रहेका छन्।

कृष्ण थापाले भने मुख्यमन्त्रीविरुद्धको गठवन्धनमा सहभागीता जनाउन अस्वीकार गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो तर, सर्वोच्च अदालतले कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

आदेशको पुनरावलोकनका लागि गण्डकी प्रदेश सभा सचिवालयले भ्याकेट दर्ता गरेको छ र आज सुनुवाइ जारी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ