+
Search

ताजा अपडेट +

पपुलर +

खोप किन्दा भ्रष्टाचार भयोः देउवा, भ्रष्टाचारीको अनुहार हेर्दिन : केपी ओली

पालिका लाइभ
२०७८ जेष्ठ ६, बिहीबार

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीका शीर्ष नेताहरूसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् ।

कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।

‘खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अत्ति भयो नि’, देउवालाई उद्धृत गर्दै कांग्रेस सह(महामन्त्री डा। प्रकाशशरण महतले भने । जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ‘भ्रष्टाचारीलाई छेउ पर्न दिन्न । दिनरात नभनी सरकारले काम गरेको छ’, ओलीको जवाफ थियो ।भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाएका थिए ।

‘बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा छ । बेलैमा सरकारले विशेष व्यवस्था गरोस्’, देउवाले भने ।

कोरोनाका विषयमा कुरा गर्न आफू आएको भन्दै छलफल सुरु गरेका सभापति देउवाले सरकारको आलोचना गरेका विषयमा प्रधानमन्त्रीले खण्डन गरेका थिए ।

‘कोरोना नियन्त्रणका लागि तपाईहरुले दिएको सुझाव ग्रहण गर्छु तर सरकारले केही नगरेको होइन भनेर ओलीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ