+
Search

ताजा अपडेट +

पपुलर +

यही सदनको बलले म प्रधानमन्त्री बनेको हुँ, यसैको बलले फेरि पनि रहन्छु : प्रधानमन्त्री ओली

पालिका लाइभ
२०७८ बैशाख २७, सोमबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन्। सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा आफूलाई विश्वासको मत दिनका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन्।

उनले यस सदनले आफूलाई निर्वाचित गरेको चर्चा गर्दै पुनः रहने बताए। ‘यस सदनको बलले तीन वर्षभन्दा बढी म प्रधानमन्त्रीको हैसियतमा रोस्टममा उभिएको छ। यही सदनको बलले फेरि पनि रहन्छु भन्ने मलाई विश्वास छ। किनकि सदनको विवेकमाथि म पूर्ण रुपमा भरोसा गर्दछु’, उनले भने।

उनले सदनले आफू छँदाछँदै अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा आफूले नचिताएको बताए। ‘मेरो कसैप्रसित आग्रह र पूर्वाग्रह छैन। तीन वर्षभन्दा धेरै समय यही सदनको बलले यहाँ उभिएको छु। फेरि पनि म बन्छु भन्ने आस गरेको छु’, उनले भने।

प्रतिनिधि सभा पुन:स्थापना भएपछि यत्रो समय आफूमाथि विश्वास नै रहेको प्रधानमन्त्रीले दाबी गरे। ‘पार्टी अलग भएर विश्वास छैन भन्दा पनि सर्मथन फिर्ता लिनु भएन। कति बलियो सर्मथन रहेछ’, ओलीले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ