+
Search

ताजा अपडेट +

पपुलर +

यी हुन् सामूहिक राजीनामा दिने तयारी गरेका माधव नेपाल पक्षका सांसद

पालिका लाइभ
२०७८ बैशाख २६, आईतवार

काठमाडौं- सामूहिक राजीनामा दिने तयारी गरेका माधव नेपाल पक्षका सांसदहरूकाे बैठकले अहिले बसिरहेकाे छ ।  राजीनामा र राजीनामा दिएपछिका रणनीति तय गर्न बैठक भइरहेकाे हाे ।

शनिबार नै धेरै सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेपनि कति जनाको बुझाउने भन्ने तय स्थायी कमिटीले गर्ने तयारीका लागि बैठक बसिरहेकाे हाे ।

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि सहमत नभएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद अन्ततः सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका थिए।

उनका अनुसार नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन्।

ती यसप्रकार छन् :

प्रत्यक्ष

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेठमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा

समानुपातिक

समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन्।

यी सांसद नेपाल पक्षमा रहेको दाबी गरिएको छ। तर यीमध्ये कसकसले राजीनामा दिने भन्ने विषय टुंगो लाग्न बाँकी छ। आज बस्ने स्थायी कमिटीको बैठकले यसको टुंगो लगाउने ती सांसदले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ