+
Search

ताजा अपडेट +

पपुलर +

जसपा विभाजनको संकेत गर्दै बाबुरामले भने– अब भेडा भेडासँग, बाख्रा बाख्रासँग लागौँ

पालिका लाइभ
२०७८ जेष्ठ १७, सोमबार

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले पार्टी विभाजनतर्फ संकेत गर्दै एउटै पार्टीभित्र दुई धारको नेतृत्व गरिरहेका नेताहरुलाई आआफ्नो बाटो लाग्न आग्रह गरेका छन्।

उनले समयले नयाँ ध्रुविकरण खोजिरहेको बताउँदै अब विचार मिल्नेहरु एकातर्फ लाग्ने बेला भएको बताएका छन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो। नयॉ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ,’ पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ। हातमिलाएर आआफ्नो बाटो लागौं। हिडिरहे फेरि भेटहुनेछ।’

उनी संघीय परिषद् अध्यक्ष रहेको जसपा अहिले प्रष्ट दुई धारमा विभाजित छ।

जसपामा भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव अहिले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा छन्। उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदल्न लागिरहेका छन् भने जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह ओलीसँग मिलेर सरकारमा समेत सहभागी हुने अन्तिम तयारीमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ