+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस सभापति शेरबहादुर देउवा भन्छन् : प्रधानमन्त्री बन्न म तयार छैन

पालिका लाइभ
२०७७ फाल्गुन २२, शनिबार

काठमाडाैं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि आफू तयार नरहेकाे बताएका छन्।

शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावि प्रधानमन्त्री भएपनि आफु प्रधानमन्त्रीको लागि तयार नभएको बताएका हुन्।

उनले भने, ‘म प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो। विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो। मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन। अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ। महाधिवेशन आइसकेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ