+
Search

ताजा अपडेट +

पपुलर +

अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना रातारात राजपत्रमा

पालिका लाइभ
२०७७ माघ १०, शनिबार

काठमाडौं– प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको पाइएको छ ।

राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ ।

संसद विघटनविरुद्ध परेका रिटहरुमाथि बिहीबार बहसका क्रममा अधिवक्ताहरुले संसद विघटनसम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि सर्वोच्चले सो सूचना सरकारसँग माग गरेको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।

शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले त्यही पुरानै मितिमा प्रकाशित राजपत्रको सूचना शुक्रबार संवैधानिक इजलासमा पेश गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि विघटन गरेकी थिइन् । नेपाल सरकारका निर्णय राजपत्रमा सूचना प्रकाशित नभएसम्म कार्यान्वयनमा आएको मानिँदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ