+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको टिप्पणी- उनीहरूले जनता रुवाए, मैले हसाएँ त के बिगारेँ?

पालिका लाइभ
२०७७ माघ ३, शनिबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भाषणको क्रममा गर्ने मजाकको स्पष्टीकरण दिएका छन्। उनले शनिबार राजधानीमा आइजित एक कार्यक्रममा बोल्दै आफ्नो मजाकको आफैंले स्पष्टीकरण दिएका हुन्।

आफूले हसाएर नेपाली जनता हाँसेकोमा अरुलाई पीर परेको उनको भनाइ छ। नेकपाकै अर्को समूह दाहाल–नेपाललाई लक्ष्य गर्दै ‘रुवाउने’को संज्ञा दिए। उक्त समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र जनयुद्धलाइई लिएर उनले रुवाएको बताएका हुन्।

‘दुनियाँ रुवाएर आएकाहरुलाई हँसाएकोमा पीर पर्‍या छ। जोक्करै रहेछ भन्याछ। कसैको घोडा खोसेर रुवाएको छ। कसैको गाडी खोसेर रुवाएको छ। कसैको घर र पैसा खोस्याछ। रुवाएको छ। रुवाउने अनेकथरि काइदा छन्। मारेर कुटेर लुटेर रुवाएको छ,’ उनले नेपाली जनता खुशी भए हाँसेको दावी गर्दै थपे, ‘रुवाउन सकेनौं। सक्तैनौ। दिइने छैन।’

उनले आफूले हँसाएको पीर परेको भन्दै उनले बर्बाद गर्नबाट रोकेको दाबी गरे। उनले भने, ‘नेपाली जनता हासेकोमा किन पीर पर्‍यो? त्यसो के म मान्छे मार्दै टुहुरा बनाउँदै हिँडु। विधुवा बनाउँदै हिँडु?’ उनले आफू देशको अनुहारमा मुस्कान ल्याउन खोजिरहेको उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ