+
Search

ताजा अपडेट +

पपुलर +

सिंगो देश एकजुट भएको छ, अब भारतसँग वार्ता अघि बढ्छ : प्रधानमन्त्री ओली

पालिका लाइभ
२०७७ जेष्ठ ३२, आईतवार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन्।

अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन्।

संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने उल्लेख गरे।

‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले अब छिट्टै वार्ता हुने बताएका थिए। ‘अब वार्ता हुन्छ। अगाडि बढ्छ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ