+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकामा ५ सहित २७ कोरोना संक्रमित थपिए, पुगे संक्रमित ४०२

पालिका लाइभ
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं– नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

२४ जना पुरुष र ३ जना संक्रमित थपिएका हुन्। झापामा ९ जना, मोरङमा र सुनसरीमा एक एक जना, सर्लाहीमा २, भक्तपुरमा २, काठमाडौंमा ३ समेत रहेका छन्। अन्य ९ जना भने विभिन्न जिल्लाका छन्।

उनका अनुसार पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४सय २ पुगेको छ।

नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३७ जना अहिले संक्रमणमुक्त भएका छन्।

२ जना संक्रमितको भने मृत्यु भइसकेको छ। हाल ४ सय १२ जना रेडजोनमा रहेको समेत डा देवकोटाल जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ