+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या २५८ पुग्यो

पालिका लाइभ
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं– नेपालमा थप ९ जनामा कोभिड-१९ पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै पुरूषहरू भएको मन्त्रालयले जनाएको छ।

नयाँ पुष्टि भएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरूष र बाँके नैनापुरका १८‚ २०‚ २२‚ २५‚ २५‚ २७‚ ३२ र ३६ वर्षीय पुरूष रहेका छन्।

हालसम्म सबैको स्थिति सामान्य रहेको र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ