काठमाडौं- सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष बनाइएकाे हाे।
काउन्सिलको अध्यक्षमा डा कोइरालाको नियुक्तीपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारको छ।
चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा कोइरालाले गर्न सक्ने भन्दै सरकारले उनलाई अध्यक्षमा नियुक्त गरिएकाे बुझिएकाे छ।
काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ।
प्रतिक्रिया