+
Search

ताजा अपडेट +

पपुलर +

तपाइ राेजगारीका लागि साउदी अरव जाने तयारीमा हुनुहुन्छ ! हाेस गर्नाेस नेपाली दूतावासले सार्वजनिक गर्याे यस्ताे पत्र

पालिका लाइभ
२०७६ श्रावण ७, मंगलवार

साउदी– साउदी अरबस्थित नेपाली राजदूतावासले रोजगारीका लागि आउने नेपाली कामदारलाई प्रलोभनमा नपरी दोहोरो सम्झौता नगर्न सचेत गराएको छ ।

रियादस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न, दोहोरो सम्झौता नगरी सरकारको निर्णय बमोजिम तोकिएको सेवा, सुविधा र शर्तमा मात्र वैदेशिक रोजगारीका लागि साउदी आउन भनेको हो ।

पछिल्लो समय साउदी सरकारले खाद्यान्न लगायत विभिन्‍न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेको छ । नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने कामदारको जीविकोपार्जन थप खर्चिलो बन्दै गएका कारण सरकारले न्यूनतम मासिक पारिश्रमिक तोकेको छ ।

सरकारको निर्णय बमोजिम मागपत्र प्रमाणिकरण कार्य राजदूतावासबाट भइरहेको अवस्थामा नेपालका कतिपय म्यानपावर व्यवसायीहरुले गैरकानुनी रुपमा छुट्टै सम्झौता गरी कामदार पठाउने गरेका राजदूतावासले जनाएको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र खाना सुविधा रकमभन्दा कम हुने गरी गैरकानूनी सम्झौता गरेर साउदी अरब पुगेका कामदार पहिलो दिनदेखि नै समस्यामा पर्ने गरेका छन् । उनीहरुको उद्वार तथा समस्या समाधान गर्न अत्यन्त कठिन हुने भएकाले पूर्ण सजगता अपनाउन आवश्यक रहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारको २०७५ असोज १९ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी जाने नेपाली नागरिकका लागि कामको प्रकृति अनुसार न्यूनतम पारिश्रमिक तोकिएको छ ।

रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खानाका लागि साउदी रियाल ३ सय हुनुपर्ने निर्णय गरेको छ ।

राजदूतावासले जारी गरेकाे सूचना

64732124 saudi leeter

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ