+
Search

ताजा अपडेट +

पपुलर +

स्वाँरामा निशुल्क स्वास्थ्य शिविर, करिब १ हजारले गराएर स्वास्थ्य परिक्षण

पालिका लाइभ
२०७५ चैत्र १९, मंगलवार

गाेरखा- बारपाक-सुलिकाेट गाउँपालिका-३, स्वाँरामा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ ।

कर्म फ्लाइट फाउन्डेसन नेपाल पाेखराकाे सहयाेगमा, वडा न ३, लायन्स क्वल अफ पोखरा स्काइ टाउन, स्वाँरा स्वास्थ्य चौकीको सहआयोजना तथा माझथर माध्यमिक बिद्यालयको प्रबिधि सहयोगमा उक्त शिविर भएको हो।

शिबिरमा स्वाँरा र साैरपानीका करिब १ हजारले शिविरमा स्वास्थ्य परिक्षण गरेकाे अायाेजकले जनाएकाे छ ।

उक्त शिविरमा हाड जोर्नी तथा नशा रोगको उपचार, महिला तथा प्रसुती रोगको उपचार,सामान्य चिकित्सा तथा बाल रोगको उपचार,प्रयोगशाला दिसा, पिसाब, रगत जाँच,सामान्य घाउ खटिरा चिरफार तथा अन्य स्वास्थ्य सेवा सुबिधा,परिवार नियोजन सम्बन्धि सेवा र सल्लाह,आयुसिडी तथा इम्प्लान्ट सेवा उपलब्ध तथा बिशेष परामर्श दाताहरूबाट बिशेष स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ