गाेरखा- सरकारले पुर्नजाँच र पुर्नसर्वेक्षणमा खटाएका प्राबिधिकहरुले पुर्ननिर्माणको काम बहिस्कार गर्ने निर्णय गरेका छन् । सेवा सुबिधाको माग गर्दै उनिहरुले जिल्लाभरको पुर्ननिर्माणको काम बहिस्कार गर्ने निर्णय गरका हुन् ।
नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमति अनुसार पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्ता सहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले पूर्ण प्रतिबद्धता व्यक्त गरेपनि माग पुरा नहुञ्जेल काममा नफर्कने बताएका हुन् ।
जिल्लाका दुई नगरपालिकामा ३/३ जना र ९ गाउँपालिका २/२ जना गरी २४ जनाको संख्यामा रहेका उनीहरुले फिल्ड भत्ता थपिनुपर्ने, आवस्यक सामाग्रीहरु उपलब्ध गराउनुपर्ने, दुर्गम भत्ता, स्वास्थ्य विमा, स्थायीत्वको ग्यारेण्टी हुनुपर्ने लगायतका माग राख्दै पूर्ननिर्माणको काम बहिस्कार गरेका हुन् ।
आजदेखि जिल्लाभर पुर्नजाँच र पुर्नसर्वेक्षणको काम सुरु गर्न आइतबार र सोमबार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उनिहरुलाई अभिमुखिकरण गराएको थियो । अभिमुखिकरणमा भने सहभागी बनेका उनिहरु त्यस लगत्तै पत्रकार सम्मेलन गरेर बहिस्कार गर्ने घोषणा गरेका थिए ।
प्राबिधिकहरुको आन्दोलनका कारण भुकम्प पिडितहरुको किस्ता सिफारिस, घर नापजाँच लगाएका काम रोकिएको छ । जसका कारण भुकम्प पिडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाई भएको छ । लाभग्राही भुकम्प पिडितहरुले घर बनाउदा प्राबिधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको बताएका छन् ।
प्रतिक्रिया