धादिङ- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको पाँच वर्षमा एकपटक भोट हाल्नु मात्रै नभएको बताएका छन् ।
जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्ताे बताएका हुन् ।
‘लोकतन्त्र भनेको जिन्दावाद, मुर्दावाद भन्ने वा पाँच वर्षमा भोट हाल्ने मात्रै होइन । लोकतन्त्र भनेको सबै जनतालाई अधिकार सम्पन्न बनाउने, रोजगारी दिने, समृद्धि ल्याउने र समृद्धिलाई समान ढंगले वितरण गर्ने हो प्रणाली हो’, उनले भने ।
राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउनु पर्ने भन्दै उनले भने ‘लोकतन्त्र र राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनको चक्रलाई हामीले फेरि अघि बढाउनुपर्छ र हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउनुपर्छु ।’
प्रतिक्रिया