+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक अभियान्ता रेखाको पहलमा कुसुण्डा परिवारलाई न्यानो कपडा वितरण

पालिका लाइभ
२०७५ माघ ३, बिहीबार

गोरखा– समाजिक क्षेत्रमा काम गर्दै अाएकी गाेरखाकी रेखा तामाङकाे पहलमा अति पिछडिएका तथा नेपालकै लाेपन्मुख जाती कुसुन्डा परिवारलार्इ न्यानाे कपडा वितरण गरिएकाे छ । जिल्लाकाे गाेरखा नगरपालिका, तेह किलामा रहेका नेपालकै लोपन्मुख कुसुण्डा परिवारका ८ जनालाई न्यानो कपडा वितरण गरीएकाे हाे ।

तामाङकाे नेतृत्वमा संकलन गरिएको न्यानो कपडा र ग्याँस चुल्हो सेट एक कार्यक्रमका बीच गोरखा नगरपालिका वार्ड न ११ तेह्र किलो स्थित ७८ वर्षिय सुमित्रा कुसुण्डाको परिवारलाई हस्तान्तरण गरिएको हो । वाड अध्यक्ष्य राम बहादुर खड्का लगायत अन्य सदस्यको को पनि उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

gorkha kusunda

उक्त न्यानो कपडाको लागि चन्द्र लामा अनुराग, दिपक बाँनिया, जे.बी. चोङवाङ, पेमा बुढा, ढकाल खेमु, प्रमोद गौतम, पुक्ष्पा गुरुङ, अनिता तामाङ, रेश्मा तामाङ, रुविन रेग्मी ¥यापर, जितेन्द्र मेन्याङवो, अर्जुन हमाल, दिपक रिमाल, घनेन्द्र बराल, सन्दिप अधिकारी, नुमा लिम्बु, कृष्ण पौडेल, सविना भुजेल, खगेन्द्र थापा लगायतले सहयोग गरेको नेतृत्वकर्ता रेखा तामाङले जानकारी दिए।

यस्तै ग्याँस सिलिण्डर उपलब्ध गराउने गोरखाका सुकु गुरुङ र ओढ्ने ओछ्याउने सामाग्री उपलब्ध गराउने काठमाण्डौका दिपेन्द्र श्रेष्ठ आफै उपस्थित भइ प्रदान गरिएको थियो ।त्यसै गरि कुसुण्डा परिवारमा रहेका एक बालक डेभिड कुसुण्डा जसको आमा बुवा नभएको र निजलाई शिक्षादिक्षा र पालन पोषण गर्न इच्छुक जो कोहिले पनि लग्न सक्ने उहाको परवार श्रोतले बताएको छ ।

सोहि कार्यक्रममा सामाजिक अभियान्ता रेखाले कुसुण्डा परिवारकी गर्भवती बुहारी आशा कुसुण्डालाइ बच्चा जन्मिसकेपछि आवश्यक पर्ने बच्चाको सामानहरु आफ्नो तर्फबाट उपलब्ध गराएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ