+
Search

ताजा अपडेट +

पपुलर +

विन्द्रवती बिद्यालय मसेलका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठलाई कांग्रेस नेताले कुटे, पिडित प्रअ भन्छन् ‘मलाई सिकाउने भन्दै कुटीहाले’’

पालिका लाइभ
२०७५ पुष ३०, सोमबार

गोरखा- गोरखाका एक विद्यालयका प्रधानाध्यापकलाई कुटपटि गरेकाा छन् । विद्यार्थी र शिक्षककै अघि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका व्यक्तिले प्रधानाध्यापकलाई कुटपिट गरेका हुन ।

जिल्लाकाे भीमसेन थापा गाउँपालिका-१, मसेलमा रहेको विन्द्रवती माध्यमिक बिद्यालयका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठलाई स्थानीय समेत रहेका हालका व्यवस्थापन समितिका सदस्य शिब श्रेष्ठले कुटपिट गरेका हुन ।

पीडित श्रेष्ठले आफूलाई अफिस कोठामै आएर कुटपिट गरेको बताउदैं भने ‘बिहान ११ बजेतिर म अफिस कोठामा थिएँ, सरसँग काम छ भन्दै शिव श्रेष्ठ पनि आए । उनले मलाई मेरो जग्गामा विद्यालय परेको छ भत्काउ भने, मैले विद्यालय भत्काउन सक्दिन तपाईंको जग्गा हो, भने कानुन उपचार खोज्नुस भनेर सुझाव दिएँ तर उनले मलाई सिकाउने भन्दै त्यही कुटीहाले ।’

bindra ati school masal

श्रेष्ठले केही समयदेखि प्रधानाध्यापक फेर्ने भन्दै गाउँका चियापसलमा समेत भन्दै हिडने गरेको स्थानीयले बताएका छन । उनी सोही वडाका वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नेता वद्रीनारायण श्रेष्ठका जेठा छोरा हुन । शिवले केही समय अघि शिक्षक छनौट परीक्षाको उत्तरपुस्तिका नै लिएर भागेका थिए । त्यतिखेर उनी शिक्षक छनौट समितिका संयोजक समेत रहेका थिए । प्रहरीले खोजी गरेपछि उनले पछि उत्तरपुस्तिका फिर्ता गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ