+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशको लोगोमाथी कपिराईटको उजुरी, पोखराका महेन्द्र उपाध्यायले गरे उजुरी

पालिका लाइभ
२०७५ आश्विन १७, बुधबार

पाेखरा- गण्डकी प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिका बुझाएको प्रदेशको लोगोमाथि कपिराईटको उजुरी परेको छ।

लोगो निर्माण प्रतिस्पर्धामा सहभागी पोखराका महेन्द्र उपाध्यायले आफूले बनाएको लोगोमा थोरै मात्रै परिमार्जन गरेर पास गरेको पाइएकाले छानबिनको माग गर्दै बुधबार गण्डकी प्रदेशको कार्यालयमा उजुरी दिएका हुन् । उनले आफूले तयार गरेको दुइवटा लोगोसँग हुबहु मिल्ने र केही कुरामात्रै थपघट गरेर अन्तिम लोगो तयार गरिएकोले छानबिन गर्न माग गरे ।

प्रदेशसभामा आफूले दुईवटा लोगो पेश गरेकोमा ती दुवै लोगो मिसाएर बनाइएको लोगोलाई सार्वजनिक गरेको भन्दै उपाध्यायले कर्मचारीले अरुको लोगो डिजाइन हेरेर निर्माण गरेकोले आफ्नो परिश्रमको अवमूल्यन भएको दावी गरे।

भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका विनित रानामगरले बनाएकाे लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

all logo NJoSBCC66G

उक्त बैठकमा सभामुख नेत्रनाथ अधिकारी, आन्तरिका मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्यहरु कृष्ण बहादुर थापा र कुमार खड्का समेत सहभागी थिए। गण्डकी प्रदेशले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) भने असोज १५ गते मात्र सार्वजनिक भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ