+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा, लामिछाने पुन: नेता बन्दै

पालिका लाइभ
२०८० बैशाख १६, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।

पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन् ।

मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट उनको सांसद पद गुम्यो ।

त्यसपछि अर्याल संसदीय दलको नयाँ नेता चयन गरिएका थिए ।

लामिछाने फेरि संसदमा फर्किएपछि उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिएका हुन् ।

अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको छ ।

आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।

सोमबार बस्ने अर्को संसदीय दल बैठकले प्रक्रियागत रुपमा नयाँ नेता चयन गर्ने छ ।

सभापति लामिछाने पुनः सर्वसम्मतिले संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ