+
Search

ताजा अपडेट +

पपुलर +

सत्ताबाट बाहिरिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

पालिका लाइभ
२०७९ पुष १२, मंगलवार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस २२ गते शुक्रबारका केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्नेछ।

उक्त बैठकमा सहभागी हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन गरिएको पार्टीका कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बताएका छन्।

बैठकमा गत मंसिर ४ मा भएको निर्वाचनको समीक्षा तथा समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ।

यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेससँगको सम्बन्ध तोड्दै एमालेलगायतका अधिकांश दलको सहमतिमा प्रधानमन्त्री बनेका छन्।

संसद्मा सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्नु परिरहेको छ।

यसर्थ, बैठकमा यसबारे पनि समीक्षा हुन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ