+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रकाे पोलिटब्यूरो सदस्यमा गाेरखाका आठ जना !

पालिका लाइभ
२०७९ असार २३, बिहीबार

गाेरखा- नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्यमा गोरखाका आठ जना नेता परेका छन् ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेकाे प्रस्तावमा गोरखा जिल्लाका आठ जना पोलिटव्यूरो सदस्यमा परेका हुन् ।

गोरखाबाट पार्टीका बरिष्ठ नेता नारायणणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमर बहादुर तमु, सुशीला सिम्खडा, परशुराम रम्तेल र चूडामणी खड्का पोलिटव्यूरो सदस्यमा परेका हुन् ।

उनीहरू दुई पटक माओवादीको केन्द्रीय सदस्य भएका नेता हुन् । पोलिटव्यूरो सदस्य हुन कम्तिमा दुई पटक केन्द्रीय सदस्य भएको हुनुपर्ने भएकाले उनीहरू मात्रै समेटिएका हुन् ।

पार्टीमा लामाे समय जिल्ला ईन्चार्ज भएका कृष्ण धिताल भने छुटेका छन् । प्रचण्डले प्रस्ताव गरेकाे सूचीमा उनी अटाउन सकेनन् । गाेरखा पार्टी भित्र जनार्दन शर्मा र बर्षमान पुन लाईन जवरजस्त रूपमा मैलाएकाे छ ।

जिल्ला पार्टी भित्र जनार्दन शर्मा लाईनका भनेर चिनिएका अधिकारी, खड्कालगायतका नेता हुन् भने बर्गमान लाईनका रम्तेलगायतका नेता समेटिएका छन् ।

धिताल गाेरखा पार्टीकाे २०५८ सालदेखि ईन्चार्ज रहदैं आएका नेता हुन् । संविधानसभाका सदस्य भएका नेता केन्द्रीय सदस्यसमेत हुन् ।  तर प्रचण्डले प्रस्ताव गरेकाे सूचीमा उनकाे नाम समावेश भएन ।

अध्यक्ष प्रचण्डले पोलिटव्युरोमा कुल १२५ सदस्यको प्रस्ताव गरेका थिए। बैठकमा पेश गरिएका नाममा केन्द्रीय सदस्यहरुले भने असन्तुष्टी जनाएका थिए । अहिले सार्वजनिक भएको नामावलीमा ३१ जना थप गरेर १५६ जनाकाे पोलिटव्यूरो बनेकाे छ । अझ यसमा पनि केहि  थपघट हुनसक्ने जनाइएकाे छ  ।

याे पनि,

माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ !

जनार्दन शर्मा भन्छन्- मैले ल्याएको बजेट कार्यान्वयन भए माओवादीले २७० ठाउँ जित्छ

क्रान्ति पूरा भएको छैन, हामीले सडक छोड्न मिल्दैन : प्रचण्ड

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ