काठमाडौं- सत्तारुढ दल जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा कुनै पक्षलाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले स्थानीय चुनावमा हुने तालमेलको विषयमा भएका छलफलमा जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य नभएको बताएका हुन्।
सत्ता गठबन्धनमा रहेका पाँच दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने केन्द्रीय सहमति रहे पनि केही जिल्लामा जसपालाई अन्य दलहरुले निषेध गर्न खोजेको भन्दै भट्टराईले त्यस्तो गतिविधि स्वीकार्य नहेन बताएका हुन्।
नुवाकोटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मात्रै गठबन्धन संयन्त्रको बैठकमा बसेपछि भट्टराईले असन्तुष्टि जनाएका हुन् । उनले गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गर्न पनि आग्रह गरेका छन्।
जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं! pic.twitter.com/RzjW0aKNbX
— Baburam Bhattarai (@brb1954) April 3, 2022
प्रतिक्रिया