+
Search

ताजा अपडेट +

पपुलर +

गाउँ-गाउँमा पुगेर बाबुरामले भने- ‘एमसीसी अनुदान रकम हो, ऋण हैन तिर्न पर्दैन’

पालिका लाइभ
२०७८ पुष १६, शुक्रबार

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यस हप्ता गोरखामा थिए ।

गोरखामा मंगलबार दिनभर र राति अबेरसम्म चलेको पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) को दोस्रो अभियानमा उनी गाेरखा आएका थिए ।

भट्टराईले गोरखाका जनता, बुद्धिजीवी, विभिन्न दलका कार्यकर्तामाझ मुलुकको विकास र समृद्धिबारे निरन्तर छलफल गरे । सो छलफलमा स्थानीयले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे चासो राखेको थिए ।

मंगलबार बेलुकी ट्वीटरमा डा. भट्टराईले लेखेका थिए, ‘गोरखामा दिनभर र राति अवेरसम्म चलेको सुज अभियानको दोस्रो शृंखला स्थानीय विकास निर्माण र राष्ट्रिय राजनीति, एमसीसी नै प्रमुख जनसरोकारका विषय ।’

उनले भने एमसीसीलाई २०औं शताब्दीको ‘जमेको’ दिमागले होइन, २१औं शताब्दीको ‘खुला’ दिमागले सोच्न आग्रह गरेका छन् । ८ पुसमा ट्वीटरमा उनले एमसीसी अपनाउँदा विदेशी सेना नआउने तथा चित्त नबुझे ३० दिनको सूचना दिएर खारेज गर्न सकिने बताएका थिए ।

एमसीसीको विषयमा सत्ता गठबन्धनले ठोस निर्णय गर्न सकेको छैन । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको भन्दै अगाडि बढाउनुपर्ने विचार राखेका थिए ।

उनले भनेका थिए, ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के !,’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा एमसीसीलाई परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिने उल्लेख गरेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेताहरू एमसीसीको पक्ष र विपक्षमा अभिव्यक्ति दिइरहेका छन् । सो पार्टीले पनि ठोस धारणा सार्वजनिक गरेको छैन ।

थप स्पष्ट पार्दै उनले भनेका थिए-

१) यो प्रोजेक्ट इम्प्लिमेन्टेसन एग्रिमेन्ट (परियोजना कार्यान्वयन सम्झौता) होस् शान्तिरसुरक्षारसीमा सम्झौता हैन ।

२) अनुदान रकम होस् ऋण हैन, तिर्न पर्दैन ।

३) नेपालको कानुनभन्दा माथि यो हुन्न, कुनै विवाद भए अन्तर्राष्ट्रिय कानुनअनुसार हुन्छ ।

४) विदेशी सेना आउन्न, चित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ