+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानन्यायाधिश आफै हट्नुपर्छ नत्र महाअभियोग लगाउनुपर्छ- बाबुराम भट्टराई

पालिका लाइभ
२०७८ मंसिर ८, बुधबार

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका छन् ।

आज ट्वीट गर्दै जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईल न्यायपालिकाभित्र फोहोर छोपेर राख्न नसकिने भएकाले प्रधानन्यायाधीशले त्याग देखाउनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका हुन् ।

उनले सिधै नलेखेपनि घुमाउरो तरिकाले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसदले महाभियोग लगाउनुपर्ने आशयसाथ लेखेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ