+
Search

ताजा अपडेट +

पपुलर +

न्यायलयको गल्ती ढाकछोप नगरौं, अदालतले नसके सच्याउने संसदले हो : बाबुराम भट्टराई

पालिका लाइभ
२०७८ कार्तिक १८, बिहीबार

गाेरखा- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिए उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानन्यायाधीश जबरालाई संसदले महाअभियोग लगाउनुपर्ने  बताएका हुन् ।

जबराले राजीनामा दिएर गल्ती सच्याउनुपर्ने, नभए संसदले आवश्यक कदम चाल्नुपर्ने भट्टराईको भनाई छ। जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलित भइरहेको बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।

‘शास्त्रले सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं भने पनि तैँ चूप मैँ चूप समस्याको समाधान हैन,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘राज्य र समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलेमतोमा गल्ती गर्दा कसले सच्याउने? कि आफैंले नत्र व्यवस्थापिकाले हैन र? गल्ती ढाकछोप नगरौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ