+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

पालिका लाइभ
२०७८ जेष्ठ १६, आईतवार

गाेरखा- गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आज (आइतबार) बाट सुरु हुँदैछ । जेठ ११ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले जेठ १६ गतेदेखि बसने गरी बजेट अधिवेशन डाकेकी हुन्।

अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ। त्यसैगरी, सामेबार प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने बताइएको छ।

यसै अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनेछन् । २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिने भएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ