+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका २१९ सहित गण्डकीमा थपिए १ हजार ७३३ कोरोना संक्रमित

पालिका लाइभ
२०७८ जेष्ठ १३, बिहीबार

गाेरखा– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका ३ हजार ३९९ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ७३३ जना संक्रमित पुष्टि भएकाे स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

उनका अनुसार संक्रमितमध्य ७७३ महिला र ९६० जना पुरुष छन्। पछिल्लो २४ घण्टामा कास्कीमा ४४५, बागलुङ ४१६, गोरखा २१९ र नवलपरासी पूर्व १११ संक्रमित फेला परेका छन्।

तनहुँ १७०, स्याङजा ९५, म्याग्दी ९३, लमजुङ ६५ र पर्वत ११९ जनामा संक्रमित फेला परेका छन्। योसँगै प्रदेशमा संक्रमितको संख्या ३९ हजार ६६७ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ