+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा बुधबार रातिदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू, उल्लङ्घन गरे कडा कार्वाहि हुने

पालिका लाइभ
२०७८ बैशाख २२, बुधबार

गोरखा- जिल्ला प्रशासन कार्यालय गाेरखाले बुधबार रातिदेखि (आज) जिल्ला भर निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बुधबार बसेकाे जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)काे बैठकले याे निर्णय गरेको हाे ।

निषेधाज्ञा अबधीभर जिल्ला भित्र अत्याबश्यक बाहेकका सवै सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । त्यस्तै सवै सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु समेतमा अत्याबश्यक बाहेका सेवा बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

निषेधाज्ञाको अबधीमा विवाह ब्रतबन्ध, अन्य संस्कार जन्य कार्य पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाइने, त्यस्ता कार्य घरमै गरेमा १५ जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय पनि बैठकले गरेको छ । बैठकले दैनिक उपभोग्य बस्तु खाद्यान्य, तरकारी, फलफुल, कृषिजन्य विउ बिजनका तथा मलका पसल, पशुपन्छीको दाना बिक्रि गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चाल गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै बैंक तथा बित्तिय संस्थाहरुले न्युनतम कर्मचारीको उपस्थितीमा मात्र सेवा प्रवाह गर्न पाउने, कर्भड हल, खेलकुद, सिनेमा हल, होटल शैलुन, व्युटी पार्लर, जिमखाना लगायतका पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेकाे छ । यसअघि जिल्लाका गाेरखा नगरपालिका, पालुङटार नगरपालिका र आरूघाट गाउँपालिकामा निषेधाज्ञा लागु भएकाे थियाे । जिल्लामा सक्रिय काेराेना संक्रमितकाे संख्या १७४ पुगेकाे छ ।

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५२ पुग्याे

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५२ वटा पुगेको छ । ५२ वटामध्ये १२ वटा जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको कारण जनजीवन प्रभावित बनेको छ भने कोरोना भाइरसको संक्रमण दरमा कुनै कमी आएको छैन । दैनिकजसो संत्रमित हुनेको संख्याले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । आज बुधबार मात्रै कोरोना भाइरसका ५८ जना संक्रमितले ज्यान गुमाएका छन् भने ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ