+
Search

ताजा अपडेट +

पपुलर +

जसपाका कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

पालिका लाइभ
२०७८ बैशाख १५, बुधबार

काठमाडौं– सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ उनका अनुसार अरू मुद्धा पनि फिर्ता हुनेछ ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको सरकार प्रवक्ता गुरुङले बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको हाे।

यसरी मुद्दा फिर्ता लिएका व्यक्तिहरुको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने बताए। मन्त्री गुरुङले भने, ‘अरुका मुद्दा पनि प्रक्रियामा छन्। यो चाहिँ मधेश आन्दोलनका क्रममा मुद्दा लागेका जनता समाजवादी पार्टीका कार्यकताको मुद्दा फिर्ता लिइएको हो।’

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ