+
Search

ताजा अपडेट +

पपुलर +

निलम्बनविरुद्ध रणनीति बनाउन आज नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

पालिका लाइभ
२०७७ चैत्र १७, मंगलवार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको समूह सक्रिय भएको छ।

पार्टीविरोधी गतिविधि गरेको आरोपमा अध्यक्ष ओलीले सोमबार नेताद्वय नेपाल र भीम रावललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको छ।

त्यसलगत्तै तल्लो तहसम्मै पार्टीका समानान्तर कमिटी बनाउने घोषणा गरेको नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र बनाएको हो।

त्यसै क्रममा आज मध्याह्न १२ बजे स्थायी कमिटी सदस्यहरूको बैठक राख्न लागिएको नेपाल पक्षका एक नेताले जनाएका छन्। बैठकमा अब के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ