काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलपानी क्रिकेट रंगशला नबनेकोमा अनविज्ञता प्रकट गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अनविज्ञता प्रकट गरेका हुन् ।
मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अझै बनेर भ्याको छैन त्यो ? धेरै वर्ष भइसक्यो अझै बनिसक्या छैन भन्दा अचम्म लाग्यो, छिट्टै कप्लिट हुन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताए ।
विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको भन्दै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेल प्रतियोगितासम्म खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए ।
हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश भएकाले खेल पनि जीतका खेल्न आग्रह गरे ।
‘लडाइँमा नहार्ने देश यत्रा यत्रा (हातले इशारा गर्दै) डल्लासँग किन हार्नै ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ उनले भने ।
प्रतिक्रिया