+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश सरकारको १ बर्षे कार्यकाल :

‘सोचे अनुसार काम गर्न नसके पनि सन्तोषजनक रह्याे’

पालिका लाइभ
२०७५ फाल्गुन ३, शुक्रबार

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको १ बर्से कार्यकाल सन्तोष जनक रहेको बताएका छन् ।

नेपालका प्रथम सहिद लखन थापा मगरको शालिक अनावरणका लागि गोरखा आई पुगेका उनले सोचे अनुसार काम गर्न नसके पनि कार्यकाल सन्तोष जनक भएको बताएका हुन् ।

‘ सोचे अनुसारको काम गर्न सकिएन २५ वटा कानुन निर्माण सम्पन्न भई सकेको र त्यस मध्ये पनि २१ वटा कानुन प्रमाणीकरण भएको र ४ वटा कानुन प्रदेश सभामा छलफल चली रहेको छ’, उनले भने ‘यसै आर्थिक वर्षको ज्येष्ठ मसान्त सम्ममा ८० प्रतिशत पुँजीगत अनुदान खर्च गर्न सकिने छ’ ।

प्रदेश सरकार र स्थानीय तह बिच विकास निर्माण देखिएको समस्याका विषयमा बोल्दै ‘मन्त्री गुरुङले ‘यो कुरा प्रदेश सरकार सँग मिलेर जान नचाहने, समन्वय र सहकार्य गरेर जान नचाहने साथीहरूले उठाएको’ भन्दै ‘जो प्रदेश सरकार सँग समन्वय र सहकार्य गरेर जान चाहँदैन उसैलाई नोक्साने हुने र खारेज समेत हुन सक्ने चेतावनी दिए ।’

‘प्राकृतिक श्रोत माथि कुनै एक व्यक्तिको मात्र स्वार्थ पुरा हुने तथा अनियमित, अव्यवस्थित र अवैधानिक भएकोले जनता र सरकारलाई यसबाट कुनै फाइदा नभएकोले बन्देज लगाइएको हो’ उनले भने, सबै प्राकृतिक श्रोतलाई कानुनी दायरामा ल्याउने गरी कानुन निर्माण भएकोले अब व्यवस्थित गरी खुल्ला गरिने जानकारी गराए ।

आजै मुख्य मन्त्री गुरुङले गोरखा सदरमुकामको अस्पताल चोकमा नेपालका प्रथम सहिद लखन थापा मगरको अर्ध कदको शालिकको समेत अनावरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ