+
Search

ताजा अपडेट +

पपुलर +

थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७८ पुग्यो

पालिका लाइभ
२०७७ जेष्ठ ३, शनिबार

काठमाडौं- नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप दुईजनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २७८ पुगेको बताए।

तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेको र हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किसकेको जानकारी दिए।

प्रवक्ता देवकोटाले अहिलेसम्म २६ जिल्लामा संक्रमित भेटिएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ