+
Search

ताजा अपडेट +

पपुलर +

फेरि थपिए ५ संक्रमित: आजै ७ जना, संक्रमितको संख्या २५० पुग्यो

पालिका लाइभ
२०७७ जेष्ठ १, बिहीबार

काठमाडौं– नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय जनाएको छ।

सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी पछिल्लो सूचना अनुसार, नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ५0 पुगेको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ