+
Search

ताजा अपडेट +

पपुलर +

कान्तिपुरका गोरखा समाचारदाता कैनीमाथि आक्रमण

पालिका लाइभ
२०७४ माघ १, सोमबार

गोरखा– कान्तिपुर दैनिकका गोरखा समाचारदाता सुदीप कैनीमाथि तनहुँको आँबुखैरेनीमा आक्रमण भएको छ। आँबुखैरेनीको कृष्ण मन्दिर नजिकै मर्स्याङ्दी नदी किनारमा सोमबार उनीमाथि आक्रमण भएको हो।

मर्स्याङ्दी नदीमा हुुँदै आएको अवैध बालुवा तस्करीबारे समाचार लेखेकाले तस्करहरुले उनीमाथि आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। आक्रमणका क्रममा कैनीको क्यामेरा र मोबाइल फोन आक्रमणकारीले फुटाइदिएका छन्।

यसैबीच, नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापाले आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न तथा पत्रकारले स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ