+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंकको नाडा अटो शोलक्षित अटो लोन अफर

पालिका लाइभ
२०८३ भाद्र ६, शनिबार

काठमाडौं– नेपाल बैंकले यही भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गदै अटो लोन अफर सार्वजनिक गरेको छ।

बैंकले सबै खाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारिक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष अटो लोन योजना ल्याएको हो।

यस योजनाअन्तर्गत ग्राहकहरूले नाडा अटो शोमा नेपाल बैंक लिमिटेडबाट कर्जा लिई जुनसुकै ब्रान्डको सवारी साधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी हुन आउने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत मात्र सेवा शूल्क लाग्ने र कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शूल्क तीन लाख रुपैयाँसम्मको डेबिट कार्ड (लाइफटाइम) को सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ