+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारीले अब पाउलान् त १५-१५ दिनमा तलब ? महालेखाले दियो यस्तो निर्देशन

पालिका लाइभ
२०८३ भाद्र २, मंगलवार

काठमाडौं– संघीय सरकार मातहतका राष्ट्रसेवक कर्मचारीहरूले महिनाको दुई पटक (अर्धमासिक रूपमा) तलबभत्ता पाउने व्यवस्थाका लागि महालेखाले फेरि पत्र पठाएको छ ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै १५-१५ दिनमा तलब भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको नीतिगत मार्गनिर्देशन र चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्था अनुसार यो नयाँ पद्धति कार्यान्वयनमा ल्याइएको पत्रमा उल्लेख छ । यसका लागि आवश्यक प्रणालीमा सुधार गरिसकिएको जनाएको छ ।

परिपत्र अनुसार कर्मचारीहरूले खाइपाइ आएको मासिक तलबभत्ताका साथै यसपटकदेखि थपिएको कर्मचारी प्रोत्साहन भत्तासमेत अर्धमासिक रूपमा भुक्तानी गरिनेछ । महिनाको १५ दिन व्यतित भएपछि सो अवधिको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउन भनिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत वैशाख ४ गते नै ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिनमा तलब भुक्तानी गर्न महालेखाले पत्र पठाए पनि कार्यान्वयन हुन सकिरहेको थिएन ।

यो नियम हाल संघीय कर्मचारीलाई मात्र रहेको भन्दै प्रदेश र स्थानीय सरकारको हकमा तत् निकायले अघि बढाउन सक्ने महालेखाका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ