+
Search

ताजा अपडेट +

पपुलर +

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

पालिका लाइभ
२०८३ श्रावण ४, सोमबार

काठमाडौं– नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका केही मोडेलका कारमा सम्भावित एयरब्याग जोखिम न्यूनीकरण गर्न निःशुल्क सुरक्षा सुधार (सेफ्टी रिकल) अभियान सञ्चालन गरेको छ।

कम्पनीका अनुसार प्रभावित मोडेलमा सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड रहेका छन्।

ग्राहकले आफ्नो सवारी यो अभियानमा समावेश छ वा छैन भन्ने जानकारी होण्डाको आधिकारिक वेबसाइटमार्फत जाँच गर्न सक्नेछन्।

अभियानअन्तर्गत प्रभावित सवारीको पूरक सुरक्षा प्रणाली (एसआरएस) एयरब्याग इन्फ्लेटर परीक्षण गरी आवश्यक परे मर्मत वा प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले प्रभावित सवारीधनीलाई नजिकको होण्डाको आधिकारिक सेवा केन्द्रमा सम्पर्क गरी एयरब्याग परीक्षण गराउन आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ