+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

फाइल तस्बिर
पालिका लाइभ
२०८३ जेष्ठ ७, बिहीबार

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद् भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिला संशोधन) विधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि बिचार गरियाेस’ प्रस्तुत गरिएको थियो भने आजको बैठकमा विषयमा छलफल हुनेछ ।

यसैगरी, राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालक विधेयक) २०८१ माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् भने साथै अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि बिचार गरिया’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिला संशोधन) विधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत प्रस्तुत गरिएको थियो भने आजको बैठकमा विषयमा छलफल हुनेछ ।

गत वैशाख २८ गते देखी सुरु भए पछि आजको बैठक ८ औँ दिनको हो । यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ