+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू

पालिका लाइभ
२०८३ बैशाख २६, शनिबार

काठमाडौं- कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयको निर्णयअनुसार अब स्थानीय तहले प्रचलित कानुन बमोजिम निश्चित सर्तहरू पुरा गरी कम्पनी दर्ता गर्न र शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने थप व्यवस्था गरिएको छ ।

स्थानीय तहले कम्पनी दर्ता वा शेयर खरिद गर्नुअघि देहायका सर्तहरू पालना गर्नुपर्ने सूचनामा उल्लेख छः

१, स्थानीय तहले यस सम्बन्धमा आफ्नै कानुन बनाएर निर्णय गर्नुपर्नेछ ।

२, कम्पनी ऐन, २०६३ र सम्बन्धित अन्य प्रचलित कानुनहरू बमोजिम प्रक्रिया पुरा गर्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ