काठमाडौं- एनएमबी बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (स्ट्रेट थ्रु प्रोसेसिङ) अवार्ड २०२५’ प्राप्त गरेको छ।
यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो।
यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रधान गर्ने सीमित बैंकहरू मात्र प्रदान गरिन्छ। यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने निरन्तर प्रयासको उपलब्धिस्वरुप यो सफलता पाएको बताए ।
उनले भने, ‘उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।’
यस उपलब्धिले एनएमबी बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ।
एनएमबी बैंकले हाल देशभर १९८ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
प्रतिक्रिया