+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

पालिका लाइभ
२०८२ चैत्र ५, बिहीबार

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा अमरेशकुमार सिंहले पराजित गरे ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।

थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ ।

केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ