+
Search

ताजा अपडेट +

पपुलर +

ओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, कांग्रेसका लुइँटेल ५ मतले पराजित

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं- ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।

रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै झिनो मतले निर्वाचित भएका हुन् । यद्यपि अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् ।

तेस्रोमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ