+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा-१ मा सुदन गुरुङलाई पछि पार्दै कांग्रेसका खत्रीको अग्रता

पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

गोरखा– गोरखा-१ मा जारी मतगणनामा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङलाई झिनो मतान्तरले पछि पार्दै अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गुरुङले ४ हजार २५९ मत पाएका छन्।

दुवै उम्मेदवारबीचको मतान्तर ४ मत मात्र रहेको छ, जसका कारण प्रतिस्पर्धा निकै रोचक बनेको छ।

यसैगरी नेकपाका हरिराज अधिकारीले २ हजार २८१ मत प्राप्त गरेका छन् भने एमालेका आरसी लामिछानेले ६७५ मत पाएका छन्।

मतगणना जारी रहेकाले परिणाम अझै परिवर्तन हुन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ