+
Search

ताजा अपडेट +

पपुलर +

#LIVE- गोरखा– २ :

रास्वपाका बुर्लाकोटीको अग्रता कायमै, गोरखा नगरपालिकामा ल्याए ६ हजार ६२

पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

गोरखा– गोरखा-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कवीन्द्र बुर्लाकोटीले अग्रता कायम राखेका छन्।

शनिवार बिहान ९ बजेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार बुर्लाकोटी ४ हजार २७८ मतान्तरले अघि छन्।

हालसम्मको मतपरिणाम अनुसार रास्वपाका महामन्त्रीसमेत रहेका बुर्लाकोटीले कुल ६ हजार ६२ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपाने रहेका छन्। उनले हालसम्म १ हजार ७८४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी १ हजार ५४८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार मिलन चक्रेले ५८४ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गोरखा नगरपालिका वडा नम्बर ७ देखि १४ सम्मको मतगणना सकिएको छ। गोरखा नगरपालिकामा १० हजार ७८४ मत खसेको थियो।

मतगणना कार्य अहिले पनि निरन्तर जारी रहेको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आज बिहान ९:३० बजेदेखि अजिरकाेट गाउँपालिकाको मतगणना सुरु गर्ने तयारी गरिएको छ।

अजिरकाेटमा ६ हजार ७५६ मत खसेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ