+
Search

ताजा अपडेट +

पपुलर +

झापा-५ अपडेट: ओलीभन्दा बालेन २५ हजार ७९५ मतान्तरले अघि

पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं- झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउने क्रम जारी राखेका छन् ।

बालेनले ३४ हजार ८६३ मतसहित अग्रता कायम गरेका छन्।

ताजा विवरणअनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ०६८ भोट पाएका छन्।

उनीभन्दा रास्वपाका वरिष्ठ नेता बालेन २५ हजार ७९५ मतले अगाडि छन्।

झापा-५ मा ओलीपछि श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले ५ हजार ६४५ मत ल्याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ