+
Search

ताजा अपडेट +

पपुलर +

१० लाख रुपैयाँ बाँडेको भन्दै कांग्रेस उम्मेदवार सुनिल शर्माविरुद्द उजुरी

फाइल तस्बिर
पालिका लाइभ
२०८२ माघ १५, बिहीबार

काठमाडाैं- नेपाली कांग्रेसबाट मोरङ-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सुनिलकुमार शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।

मोरङ-३ बाट राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा उक्त रकम निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको छ ।

आयोगले उजुरीमाथि छानबिन भइरहेको र रकम दिएको प्रमाण फेला परेमा कानुनी प्रक्रिया अगाडी बढाउने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ